arrow

तरुण दल र नेविसंघद्धारा तीजको अवसरमा विपन्न महिलालाई खाद्यान्न

logo
मणिप्रसाद गैेह्रे, 
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
117782718_312445020205605_5.jpg

कपिलवस्तु । हरितालिका तीजको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेबिसंघ र तरुण दलले बिपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरेको छ । 

नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलवस्तु र नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले बाणगंगा नगरपालिका–१० पटनाका १५ बिपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरेको छ । 

विपन्न, दुःखी तथा एकल महिलाहरुको परिवारलाई तीजको अवसर पार्दै राहत स्वरुप २५ किलोका दरले एकएक बोरा चामल, दाल, नून, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको छ । 

तरुण दल सभापति शक्ति सिंह ठकुरीले कोरोन भाइरसका कारण जिल्लामा लामो समयदेखि जारी लकडाउनले समस्यामा परेका बिपन्न महिलाहरुलाई समेत तीज मनाउनका लागि सो सामग्री दिइएको बताए  । 

नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले आफूहरुले खाजा खर्च कटाएर अति बिपन्न, दुःखी तथा एकल महिलाहरुको चाड पर्वका बेला चुलो बलोस् भन्ने उद्देश्यले राहत प्रदान गरिएको बताए । 

लकडाउनको समयमा समेत तरुण दल र नेविसंघले जिल्लाका विभिन्न स्थानहरुमा राहत वितरण गरेका थिए । सामाजिक दुरी कायम गरी विपन्न तथा गरीवहरुको सहयोगको लागि निरन्तर लाग्ने संगठनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ