arrow

नेपालको युएई यात्रा निराशाजनक, पपुवा न्यूगिनीसंग लगातार दोस्रो हार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
740211080.jpeg
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिप खेल्न युएई पुगेको नेपाल पपुवा न्यूगिनीविरुद्धको दोस्रो खेलमा समेत पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेटमा नेपालले खराब प्रदर्शन गर्ने क्रममा लगातार चौथो खेल हारेको हो ।
बुधबार संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा नेपाल पपुवा न्यूगिनीसँग ३ विकेटले पराजित भयो । दुई सय २५ रनको चुनौती पछ्याउको पपुवा न्यूगिनीले दुई बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गरेको हो । एक सय ४१ रन जोड्दा ७ विकेट गुमाइसकेको पपूवा न्यूगिनीका लागि कप्तान ज्याक भारेले अविजित रहँदै ७६ रन बनाउँदै टोलीलाई महत्वपूर्ण जित दिलाए । 
 
पपुवा न्यूगिनीको व्याटिङ्ग कमजोर पार्न सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा सागर पुन र शक्ति गौचनले १–१ विकेट लिए पनि टोलीको हार जोगिएन ।  टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनायो ।  कप्तान पारस खड्काले ५८, सागर पुनले ४७, शरद भेषवाकरले ४२ तथा ज्ञानेन्द्र मल्लले ३६ रन जोडे । मेहबुब आलम १५ रनमा अविजित रहँदा बसन्त रेग्मी ७ रनमै आउट भए । अन्तिममा २ रन बनाएका  शक्ति गौचन अविजित रहे । 
 
यसअघि, गएको सोमबार खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको नेपालले स्कटल्याण्डसँग होम एण्डका अवेका दुबै खेल हारेको थियो । आठ टोली सहभागी च्याम्पियनसिपको अर्को खेलमा नेपालले आगामी फेबु्रअरीमा हङ्गकङ्गसँग खेल्नेछ । 
 
पुबुदुको बिदाई खल्लो 
नेपालका लागि सर्वाधिक सफल प्रशिक्षक पुबुदु दासानायकेको बिदाई यो हारले खल्लो भएको छ । यसै खेललाई अन्तिम प्रशिक्षण भनेका दासानायकेको जिताएरै छोड्ने अठोट फेल खाएको छ । उनले यसै खेलबाट नेपाली टोलीसँगको प्रशिक्षण सकाएका छन् । छोटो समयमै नेपाली क्रिकेटलाई सर्वाधिक सफतला दिलाएका पुबुदुले ट्वेन्टी–ट्वेन्टी विश्वकप सम्म पुराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ