arrow

निषेधाज्ञाको मौका छोपेर आपराधिक गतिविधि बढ्दो, नौ किलोग्राम चरेशसहित महिला पक्राउ

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
arrest-final.jpeg

काठमाडौं । प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो । 

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ