arrow

बिना मास्क १५ मिनेट कसैसंग कुरा नगरौं, कोरोनाले २० देखि ४० वर्षका युवालाई राख्यो टार्गेटमा

डब्लुएचओद्धारा चिन्ता व्यक्त, क्लोज कन्ट्याक्टमा पूर्ण रुपले कोरोनाको डोज लोड हुने तथ्य सार्वजनिक  

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
coronavirus-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई नै अस्तव्यस्त पारेका बेलामा विश्व स्वास्थ्य संगठन डब्लुएचओले अझ डरलाग्दो अलर्ट जारी गरेको छ । 

डब्लुएचओले २० देखि ४० वर्ष उमेरका युवामा कोरोना तीव्र रुपमा फैलिइरहेको भन्दै अलर्ट जारी गरेको हो ।

उसले युवाहरु आफैं नै संक्रमित भएकामा उनीहरु नै यसबारेमा जानकार नभएको डब्लुएचओले बताएको छ । 

डब्लुएचओले यस्ता लापरवाह युवाबाटै वृद्धवृद्धा र बिरामीमा सजिलै सारेको हुन सक्ने भन्दै युवा नै अहिले खतरनाक बन्दै गएको बताएको हो । 

युवाहरु नै विशेषगरी बाहिर काममा गइरहने भएकाले उनीहरुमै बढी संक्रमण देखिएको छ । उनीहरु नै बाहिर बेपर्वाह घुमिरहेका छन् । 

तिनै युवाहरु झन् पार्टीमा मस्त रहने गरेकाले पनि झन् ठूलो समस्या निम्तिरहेको डब्लुएचओले बताएको छ । 

विशेषज्ञहरुका अनुसार कोरोनाको सामान्य संक्रमणको अवस्थामा युवाहरुमा लक्षण देखिँदैन । तर उनीहरु सार्नका लागि भने योग्य हुन्छन् ।

डब्लुएचओले अहिले बिना मास्क कसैसंग पनि १५ मिनेट कुराकानी नगर्न आग्रह गरेको छ । त्यसैगरी अनिवार्य रुपमा सामाजिक दूरी, मास्कको प्रयोग र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । 

तीन फिटभन्दा कमको दूरीमा बसियो भने त्यो ‘क्लोज कन्ट्याक्ट’ हुने भन्दै डब्लुएचओले यसमा पूर्णरुपमा बर्जित नै गरेको छ । 

क्लोज कन्ट्याक्टमा पूर्ण रुपले कोरोनाको डोज लोड हुनेसमेत डब्लुएचओले बताएको छ । 

डब्लुएचओले युवाहरुले स्वास्थ्य गाइडलाइनको पालना नगरेकोमा चिन्ता समेत व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ