arrow

हजुरआमासँगै सुतेकी बालिकालाई घरबाट अपहरण गरी करणी

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
women-trafficking.jpg

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । 

बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँगै सुतेकी बालिकालाई अपहरणपछि  बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन ।

विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको  इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए ।

 पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ