arrow

अमेरिकामा बेरोजगार बिमाका लागि ११ लाख बढिको निवेदन

logo
एएनआई,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
us-jobless-insurance.jpg

वासिङ्टन। कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धि भएको छ।

कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनु परेको हो।

अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ।

गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख बढि मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ।

यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ