arrow

बन्धक बनाई खाली चेकमा हस्ताक्षर गराउने अध्यक्षमाथि १० दिनको म्याद थप

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
cheque.jpg

रामेछाप । उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराउन खोजेको आरोपमा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई अनुसन्धानका लागि जिल्ला अदालतले  १० दिनको म्याद थप गरेको छ ।

यसअघि उनलाई अदालतले सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । 

गाउँपालिकाको धोबी बजारमा नाला निर्माण तथा ग्राभेल गर्न बनेको उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई गाउँपालिकाको कोठामा थुनेर अध्यक्षले खाली चेकमा दस्तखत गराउने प्रयास गरेको अभियोग लगाइएको छ । त्यहाँबाट उम्किएका भनिएका घिसिङले प्रहरीमा जाहेरी दिएका थिए । 

सो घटनामा संलग्न भएको आरोपमा अध्यक्षसँगै गिरफ्तारीमा परेका लालबहादुर तामाङलाई पनि आज १० दिनकै म्याद थपिएको छ । दुवै जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ