arrow

औपचारिकता कि वास्तविक ?

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
633525310.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सडक सुरक्षा, पर्यावरण संरक्षण र दिगो विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल सरकार, क्षेत्रीय विकासका लागि राष्ट्र संघीय केन्द्र, एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) र जापानको वातावरण मन्त्रालयले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको चारदिने ‘वातावरणीयरुपमा एसियामा दिगो यातायात मञ्च’ को नवौँ अन्तरसरकारी क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता जनाए । 
सडक सञ्जाल विस्तार, दिगो आर्थिक विकास तथा सामाजिक एकीकरणका सन्दर्भमा नेपालका लागि उक्त मञ्च अति महत्वपूर्ण रहेको चर्चा गर्दै प्रधानमन्त्रीले वातावरणमैत्री विकासका पूर्वाधार निर्माण गरी मुलुकलाई आधुनिकतातर्फ उन्मुख गराउन सरकार दृढ रहेको बताए ।  
 
प्रधानमन्त्री ओलीले भने,–‘वातावरणलाई जोगाउँदै दिगो विकासको यात्रामा हामी अघि बढ्न चाहन्छौँ, वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि विश्व समुदायसँग मिलेर काम गर्न नेपाल चाहन्छ ।’ पूर्ण प्रजातान्त्रिक प्रक्रिया अपनाएर संविधानसभाबाट संविधान जारी गणतन्त्र, संघीयता र लोकतन्त्रलाई संस्थागत गरिएको जानकारी दिँदै ओलीले नयाँ संविधानले जनतालाई अधिकार सम्पन्न तुल्याएको बताए । 
 
 
संविधान जारी भएसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको र मुलुकको अबको लक्ष्य आर्थिक विकास भएको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले उन्नत नेपाल निर्माणको अभियानमा मञ्चलगायत अन्तर्राष्ट्रिय समुदायको सक्रिय सहयोगको अपेक्षा आफूले गरेको सुनाए । सडकरुको स्तरोन्नति तथा सुरक्षाका लागि चालक एवम् सहचालकका साथै जनसाधारणलाई पनि चेतनामूलक कार्यक्रम र गतिविधिमार्फत शिक्षा दिइने बताउँदै प्रधानमन्त्रीले वातावरण र दिगो विकास साझा चासोका विषय भएकाले सबैको साथ र सहयोग एसियाली मुलुकका निम्ति अपरिहार्य भएको धारणा राखे । 
 
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेपालमा ५० हजार किमी सडक सञ्जाल भए पनि ती बाह्रै महिना सञ्चालनयोग्य नभएका, भौगोलिक जटिलताका कारण लक्ष्यअनुरुप सडकको स्तरोन्नति एवम् विकास गर्न नसकिएको बताए । 
 
मञ्चमा एसियाका २४ मुलुक सदस्य छन् भने सम्मेलनमा २६ देशका एक सय २० भन्दा बढी प्रतिनिधि सहभागि छन् । सम्मेलनमा बङ्गलादेश, लाओ जनगणतन्त्र, मालदिभ्स, म्यान्मा र श्रीलङ्काको मन्त्रिस्तरीय प्रतिनिधिमण्डल सहभागी छ । यस्तै, अन्य मुलुकका उच्च सरकारी अधिकृत, नीति निर्माता र योजनाकार समेत सम्मेलनमा सहभागि छन् । 
सडक सुरक्षा, विपद् अनुकूलन, दिगो विकास, उपयुक्त यातायात नीतिबारे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रबार सकिनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ