arrow

साझाको ठहर–स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अमानवीय र आपराधिक

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
sajha-party.jpeg

काठमाडौं । साझा पार्टीले कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर भएको भन्दै साझाले त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव रहेको अवस्थाका बावजुद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको जनाएको छ । 

साझाका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा, ‘विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो । सबै नागरिकले त्यसो गरेमा मात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुनेछ।’ भनिएको छ । 

साझाले ‘स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ।’ भनेको छ । 

साझाले देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपीलसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ