arrow

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने समूहमाथि तत्काल कारवाही गर्न माग

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
sajha-party.jpeg

काठमाडौँ । साझा पार्टीले कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले आइतबार एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य सङ्कटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा समेत अहोरात्र बिरामीको सेवामा खटिईरहेका स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्नेमा उल्टै छरछिमेकबाट सामाजिक विभेद तथा दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको जनाएको छ ।

विपद्को यस घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सबै नागरिकले त्यसो गरेमा मात्र कोभिड–१९ विरुद्धको साझा लडाईँ केही सहज हुने सो पार्टीले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न सरकारसँग माग गएिको छ । साथै देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टीले सबैलाई अपील गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ