arrow

स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारको विरोधमा शान्ति समाजद्धारा प्रदर्शन

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
shanti-samaj-health.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारको विरोधमा मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । 

कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषिमाथि कारबाहीको मागसहित समाजले सोमबार बिहान काठमाडौंमा प्रदर्शन गरेको हो ।

स्वास्थ्यकर्मीको सम्मान गरौं, सुरक्षाकर्मीलाई सहयोग गरौं, सञ्चारकर्मीको संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रहसहित जोरपाटीमा भएको प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीले संकटको यो घडिमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेको र उनीहरुको कर्मप्रति मुक्तकण्ठले प्रशंसा गर्दै यस्तो संवेदनशील क्षेत्रमा कार्यरतहरुको सदैव सबैले सम्मान र सहयोग गर्न आग्रह गरे । 

प्रदर्शनमा  डेढ दर्जन अधिकारकर्मीहरुको सहभागिता रहेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ