arrow

सेजन र राणालाई अर्थशास्त्री पन्त सम्मान

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1397295289.jpeg
काठमाडौ। अर्थशास्त्री स्वर्गीय डा. यादवप्रसाद पन्तको ९१ जन्मजयन्तीको अवसरमा आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन) र राजनीतिज्ञ पशुपति शम्सेर राणालाई सम्मान गरिएको छ । 
 
डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले सेजन र राणालाई आज काठमाडौमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले सेजन अध्यक्ष गोकर्ण अवस्थी र राणालाई सम्मान गरेका थिए । सेजनले नगद २५ हजार एक रुपैयाँसहित सम्मान पाएको हो । 
 
कार्यक्रममा पुर्व प्रशासक रमेशनाथ ढुंगेलद्धारा लिखित जीवन संघर्ष पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा बोल्दै उपप्रधान एवं परराष्ट्र मन्त्री थापाले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा स्वर्गीय पन्तको योगदान महत्वपूर्ण रहेको बताए । 
 
कार्यक्रममा राप्रपा नेता राणाले यसअघि भारतले लगाएका दुईवटा नाकाबन्दीबाट पाठ नसिक्नु र जलविद्युतको विकासमा व्यापक ध्यान नदिनुको कारण परनिर्भरता अन्त्य नहुनुको मुख्य कारण रहेको बताए । उनले चीनतिरका नाकाहरु खोलेर आवतजावतलाई सक्रिय बनाउनु तथा मधेश मामिलाको समस्या समाधान तथा छिमेकी राष्ट्रको सम्बन्ध सुधार गर्न सरकारले प्रयास गर्नुपर्ने बताए । 
 
कार्यक्रममा सेजन अध्यक्ष अवस्थी, राजनीतिज्ञ अरविन्द रिमाल, प्रतिष्ठान अध्यक्ष मिरा अर्याल, सचिव गोविन्दप्रसाद शर्मा रेग्मी लगायतले आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा स्वर्गीय पन्तको योगदानबारे चर्चा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ