arrow

मधुमेहका बिरामीले यसरी खाने करेला !

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
karela.jpg

एजेन्सी । मधुमेहका बिरामिलाई औषधीनै हो करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।

करेलाको जुस
पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई  नतासिकन तिन भागमा काट्नुहोस । काटिएको करेलाको एक भागलाई सय ग्राम पानि मिसाएर  जुस बनाउनुहोस । सो जुसमा आधा कागति निचोर्नुस् र स्वाद अनुसारको नुन राखेर पिउनुहोस । यसरीनै बाकि रहेका दुई भाग करेलालाई दिउसो र बेलुका गरेर पिउनुहोस ।  दैनिक तीन पटक जुस नियमित तिन महिना सम्म पिए डाइविटिजबाट छुटकारा पाउन सकिन्छ ।

करेलाको सब्जी
करेलाको तरकारी पकाउदा करेलालाई नतासिकन बनाउनु पर्दछ ।

करेलाको धुलो
करेलाको सिजनमा  २० केजि  राम्रो करेलालाई सफा पानिले धुनुहोस । यसरी धोएको करेलालाई मसिनो हुने गरि काट्नुहोस र घाममा सुकाउनुहोस् । सुकेको करेललाई मसिनो गरेर पिस्नुहोस र हावा नछिर्ने बट्टामा राख्नुहोस । यस धुलोलाई  बिहान एक चम्चा दिउँसो एक चम्चा  र बेलुका गरि दिनमा तीन पटक चिसो पानिमा राखेर पिउनुहोस । मधुमेबाट लाभ पाउनुहुनेछ । करेलालाई सुकाएर राख्दा पनि यसको गुण नष्ट हुदैन ।    
 
सुझाव
मधुमेहका बिरामिले करेलाको प्रयोग कम्तिमा पनि ४ महिना सम्म गर्नुपर्दछ । साथै यसको सेवन खाली पेटमा गर्ने हो । करेला सेवन गरेको आधा घण्टासम्म अन्य बस्तु खान हुदैन । यसको सेवनबाट मधुमेहको साथै रगत शुद्ध पनि हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ