arrow

सुबिसु इन्टरनेटले ल्यायो सेल्फ केयर पोर्टल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
subisu.jpg

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले केवलनेट प्रालीले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालीले आफ्ना ग्राहकको थप सुविधाका लागि  सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको हो ।

यसबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा  विविध जानकारी लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न र हाल सञ्चालनमा रहेको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकवर्गको सहजता एवंम सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको कम्पनीको दावी छ ।

आगामी दिनहरुमा उक्त पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थप्दै जाने कम्पनीको भनाई छ । 

सुबिसु सेल्फ केयर पोर्टल सेल्फकेयर डट सुबिसु डट नेट डट एनपीबाट प्रयोग गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ