arrow

एकै घरका चारसहित २३ मा संक्रमण देखिएपछि सैनामैनाको सीमा बन्द

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
rupandehi_district_map.png

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चार सहित २३ मा कोरोना संक्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा बुधबारदेखि बन्द गरिएको छ । 

सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेष्टुरेण्ट, होटेल, गाइभैसी किनबेच, खेल गतिविधि, ठेला, झोलापोका ब्यापारी र आवतजावत गर्न रोक लगाइएको छ ।  वडा नं ११ का वडाध्यक्ष सनिल मरासिनीले बुधबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्य बन्द गरी सहयोग गर्न आग्रह गरेका छन् । वडा नं ११ को दक्षिण सीमामा पर्ने कञ्चन  गाउँपालिका र पश्चिममा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना संक्रमण भएकोले सो वडाको गाउँ र टोल जोखिममा रहेका छन । 

नगरपालिकाको वडा नं ८ को विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखिएकोले कञ्चन गाउँपालिकाको सीमामा पर्ने शान्तिनगर टोलमा रहेका सबैलाई होम क्वारेन्टिाइनमा बस्न निर्देशन गरेको छ । 

सो वडाका वडाध्यक्ष रामशरण न्यौपानेले बुधबार सूचना जारी गरी बाँसगढी टोल संस्थामा रहेको बासगढी बजार क्षेत्रलाई बन्द गरिएको बताउनुभएको छ । नगरपालिकाको  वडा नं ९को वडास्तरीय विपद् व्यवस्थापन समितिले  कञ्चन गाउँपालिका वडा नं १ स्थित लौसामा कोरोना संक्रमण देखिएकाले  छिमेकी गाउँपालिकाबाट आवजावत गर्न रोक लगाएको छ । 

वडा नं ९ का वडाध्यक्ष डोलराज भण्डारीले बुधबार सूचना जारी गर्दै होटेल, खाजा घर, मासुजन्य पसल पसल पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ । नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष डिलाराम बेल्वासेले बुधबार सूचना जारी गर्दै संक्रमित क्षेत्र हुँदै आवतजावत गर्न रोक लगाइएको बताउनुभएको छ । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका  बालकमा  समेत कोरोना पुष्टि भएपछि सैनामैनामा पनि त्रास वढेको छ ।  

सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण देखिएको छ । कोरोना सङक्रमित  १८ देखि ४५ वर्षसम्मका छन । संक्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ । रुपन्देहीका विभिन्न स्थानीय तहमा मङ्गलवार मात्रै ६९ कोरोना सङक्रमित फेला परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ