arrow

 रुस र चीनबीचको सम्बन्धमा दरार

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
russia-china-putin-xi.jpg

काठमाडौं। विशेष र अभुतपूर्व भनिएको चीन र बेइजिङबीचको सम्बन्धमा दरार सिर्जना भएको छ। मुख्यरुपमा भ्लादिभोस्तोक, भारतमा रुसी हतियार, र चीलाई हतियार डेलिभर गर्न ढिलाई भएलगायतका कुराहरुले सम्बन्ध चिसो पारिदिएको हो। सबैभन्दा महत्वपूर्ण दरारको विषयमा हेरिएको घटना, नयाँ दिल्लीले मस्कोलाई इन्डो प्यासिफिक समुहमा सामेल हुन सुझाव दिएको छ। यो विषयलाई चीनविरोधी रुपमा हेरिएको एक रिपोर्ट साउथचाइनामर्निंग पोष्टले प्रकासित गरेको छ।

वाशिंगटनले आफ्नो पूरानो सित युद्धविरोधी रुसलाई मुख्यसँग सहकार्य गरेर चीनको बढ्दो विस्तारवादलाई रोक्न खोजिरहेको कुरा चिनियाँहरुले दिमागमा राख्न थालेका छन्। त्यस्तै रुसले भारतलाई हतियार बेचिरहेको घटनाले पूर्वी लद्दाखमा भएको चीन भारतबीचको तनाबलाई सम्झिदै चिनियाँहरुले रुससँगको सम्बन्धमा चिसो पसाएका छन्।

एक चिनियाँ अधिकारीले के पनि लेखेका छन् भने, तपाइ जब विपक्षीसँग लडिरहनुभएको छ, त्यतिबेला तपाइको विपक्षीको हातमा तपाइको साथीले चक्कु थमाइदियो भने तपाइलाई कस्तो लाग्ला ?

दिमित्री स्टेफानोविच, रसियाली एकेडेमी अफ साइन्सेन्समा अन्तराष्ट्रिय सुरक्षा अनुसन्धानकर्ताले, रुसले लद्दाख घटनाभन्दा पहिलेदेखि नै भारतलाई हतियार बेच्दै आएको बताएका छन्।

यसबाहेक, रसियाले एस-४०० एन्टी एयरक्राफ्ट मिसाइल चीनलाई सप्लाई गर्नमा ढिलाई गरिदिएको छ। गत महिनामा मात्रै दुई चिनियाँ वेबसाइटले एस-४०० को सप्लाइलाई नै रुसले निलम्बित गरिदिएको समाचार प्रकाशित गरेका थिए।

रुसको मुख्य समाचार एजेन्सी टीएएसएस (तास)ले पहिलो चरणको हतियार चीनलाई डेलिभर गरिदिएको र पछि सेन्ट पिटर्सर्बग आर्कटिक साइन्सेस एकाडेमीका अध्यक्ष भेलेरी मिट्कोलाई बेइजिङमा जासुसी गरिरहेको आरोप लगाएपछि चीनले उक्त हतियार सप्लाई गर्न निलम्बन गरेको हो।

अर्काटिकका अधिकारीलाई चीनले जासुसीको आरोप लगाउनु भनेको दुई क्षेत्रको बढ्दो तनाब हुनसक्ने रुस-चीन सम्बन्धका विश्लेषकहरु बताउँछन्।

यसबाहेक भ्लादिभस्कोट (चीनले रसियलाई दिएको क्षेत्र)को विषयलाई लिएर समेत चीनमा रुसविरुद्ध आवाजहरु उठिरहेको हुन्छ। वाशिंगटन थिंक ट्याक्का एक विश्लेषक ड्रेक ग्रोसम्यानले रुस र चीनको सुदृढ भएको भनिएको सम्बन्धमा यी कुराहरुले कालो धब्बा लगाइदिएको बताएका छन्। मस्कोले हतियार सप्लाईमा ढिलाइ गर्नु हिमालयन घटना(लद्दाख)को जवाफ रहेको ग्रोसम्यानको भनाइ छ।

पछिल्लो समय भारतले रुसलाई इन्डो प्यासिफ समुहमा सामेल हुन प्रस्ताव गरेको विषय छ। यो विषयमा चिनियाँ जानकारहरुले चीनमाथि विश्वासघात हुने टिप्पणी गरेका छन्। यद्यपि अर्को थरीले इन्डो प्यासिफिक ग्रुपिंगमा रुसलाई सामेल गर्न अमेरिकाले मान्ने या नमान्ने कुरामा पनि प्रश्न गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ