arrow

शुरुदेखि नै भेन्टिलेटरमा रहेका संक्रमित पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
dead-body.jpg

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनका अनुसार उनलाई यही भदौ ७ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर शुरुदेखि नै भेन्टिलेटरमा उपचार भइरहेकामा शुक्रबार बिहान  मृत्यु भएको जनाइएको छ । 

यससँगै कोरोना अस्पतालमा उपचाररत संक्रमितमध्ये २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ । यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र  बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । 

यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने आठ जना पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ