arrow

कोरोना भ्याक्सिनको प्रभावबारे चिन्ता, फरक फरक भ्याक्सिनको तयारी 

logo
प्रकाशित २०७७ भदौ १३ शनिबार
corona-vaccine-test.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच ३० भन्दा बढी मानिसमा यतिबेला भ्याक्सिनको परीक्षण चलिरहेको छ । वैज्ञानिकहरु कठिन स्थितिबाट परीक्षणलाई निरन्तरता दिइरहेका छन् । 

द न्यूयोर्क टाइम्सका अनुसार ८८ भ्याक्सिनको प्रि–क्लिनिकल ट्रायल भइरहेको छ । यसमा ६७ भ्याक्सिन २०२१ को अन्तसम्म क्लिनिकल परीक्षणको स्तरमा आउने विश्वास गरिएको छ । 

अर्कातर्फ वैज्ञानिकहरु भ्याक्सिनको प्रभावलाई लिएर चिन्तित रहेको पाइएको छ । ब्रजिलको साओ पाउलोका भ्याक्सिन शोधकर्ता लुसियाना लेइटका अनुसार उनीहरुलाई अझै यसबारेमा कुनै जानकारी छैन कि कस्तो खालको प्रतिरोधात्मक क्षमता सुरक्षित हुनेछ । 

त्यस्तै जर्जिया विश्वविद्यालयका इम्युनोलोजीका निर्देशक टेड रोस भन्छन्, ‘पहिलो भ्याक्सिनपछि यसको प्रभाव उत्तिकै रहला कि नरहला भन्ने चिन्ता रहेको छ । यसका लागि अलग अलग रणनीतिमाथि काम गर्नु जरुरी छ ।’

अहिल्यैदेखि नै विभिन्न कम्पनीहरुले राइट लिनका लागि दाउ लगाइरहेका छन् । यसले वैज्ञानिकहरुलाई अनुसन्धानका लागि उत्साह दिइरहे पनि भ्याक्सिन बनाउन र त्यसको सफलताबारे वैज्ञानिकहरु चिन्तित रहेका छन् । 

अमेरिकामा एक यस्तो भ्याक्सिनमा काम भइरहेको छ जसले शरीरमा संक्रमण रोक्नका लागि तयारी गरिरहेको छ । यसले स्पाइक नामक प्रोटिनको विकास हुने बताइएको छ । यसले कोरोना भाइरसलाई पनि समेट्ने उल्लेख गरिएको छ । यसले एन्टीबडीसमेत बनाउने छ । 

एपिविक्सका सीइओ एनी डी ग्रोटले यो सुरक्षाको दोस्रो लेयर भएको बताएका छन् । यसले एन्टीबडीमा निकै राम्रो काम गरेको समेत उल्लेख गरेका छन् । 

त्यस्तै न्यूयोर्कको कोडाजेनिक्स नाकबाट स्पे राख्ने भ्याक्सिन बनाइरहेको छ । यसका शोधकर्ताले कोरोना भाइरसको सेन्थेटिक संस्करणमाथि प्रयोग गरिरहेका छन् । यसको पहिलो परीक्षण आउँदो सेप्टेम्बरमा हुनेछ । यो इन्फ्लुएन्जाको फ्लुविस्टले जस्तै प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । किनकि भाइरस स्वासको माध्यमबाट शरीरमा जान्छ । 

यस्तै चीनमा कोरोनावेक भ्याक्सिनलाई इमरजेम्सीमा प्रयोग गर्न स्वीकृति दिइएको छ । यसको परीक्षण भने अझै पूरा भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ