arrow

कार्यकाल सकिन लाग्दा चर्चामा कुलमान चोक, जहाँका स्थानीय आज पनि सम्झन्छन् घिसिङलाई

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ १३ शनिबार
kulman-chock.jpg

झापा । झापा जिल्लाको  शिवसताक्षी नगरपालिकाको  एक चोकको नाम  कुलमान घिसिङ चोक नामाकरण गरिएको भेटिएको छ । करीब २ वर्ष अगाडि नै उक्त चोकको नाम कुलमान घिसिङ चोक राखिएता पनि त्यसले खासै चर्चा भएको थिएन ।

हाल आएर कुलमान घिसिङको विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकालको समयावधि सकिदैं जाँदा सामाजिक सञ्जालमा उक्त चोकको नामको चर्चा हुन शुरु गरेको छ । आफ्नो चार बर्षे कार्यकाल सकाउने अन्तिम अवस्थामा रहेका घिसिङलाई नै अर्को चार बर्षका लागि पनि कार्यकारी निर्देशक बनाउन दवाव परेको हो । घिसिङलाई कार्यकारी निर्देशक बनाउन देशव्यापी दवाव सिर्जना भएको छ। नागरिकस्तरबाट उनलाई पुन नियुक्तीको दवाव परिरहेको छ । भदौ २९ गते उनको कार्यकाल सकिदैछ।

कुलमान घिसिङलाई नै सोही पदमा निरन्तरता दिनुपर्छ भन्ने विभिन्न सामाजिक सञ्जाल लगायतमा टिकाटिप्पणी भइरहेको अवस्थामा पुन: उक्त चोकको नामले चर्चा पाएको हो ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका  १० टेक्राको उक्त गाँउमा बिजुली बत्ती पुगेता पनि त्यसबाट त्यहाँका बासिन्दाहरुलाई बारम्बार समस्या सिर्जना भएपछि स्थानीय अगुवाहरुको सक्रियतामा उक्त क्षेत्रमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले ट्रान्सफर्मर राखिदिने व्यवस्था गरिदिएपछि उनको सम्मान स्वरुप दुई बर्ष अघि उक्त चोकको नाम कुलमान घिसिङ चोक राखिएको थियो  ।

घिसिङ समक्ष उक्त टोलको समस्या पुगेपछि उनले सरकारको उज्यालो नेपाल कार्यक्रम अन्तर्गत करीब २२ लाख रुपैयाँको लागतमा १०० केभिए क्षमताको ट्रान्सफर्मर, बिजुलीका पोल र तार जडान गर्ने प्रतिवद्धता जाहेर गरेको ६ महिना नपुग्दै बिजुली पुगेको र स्थानीयहरुले घिसिङकै कारण बस्तीले मुहार फेरेको भन्दै सम्मान स्वरुप उक्त चोकको नाम कुलमान घिसिङ चोक राखिएको स्थानीयले बताए।

स्थानीयका अनुसार घिसिङले उनीहरुको समस्यालाई नसुनिदिएको भए त्यहाँका कृषकहरुले आजसम्म पनि आकाशे खेतीको भरमा बाँच्नुपर्ने अवस्था आउथ्यो । लहलह धानका वाली देखाउँदैं स्थानीय युबाहरु  भन्छ्न , 'कुलमानले आफ्नो पद भन्दा काम गरेर  कृषकहरुको मन जित्न सफल भए । भनेकै समयमा विद्युतीय मोटरबाट सिंचाई गर्न पाएका छौं, यो भन्दा खुशीको खबर हामीलाई के होला ।'

स्थानीय भन्छन्, ' माथिल्लो निकायमा कृषकहरुको पनि मन राखिदिने व्यक्ति हुँदारहेछन् । पहिले झुक्किएर लाइन आँउथ्यो हाल त्यस्तो अवस्था छैन । उनको कार्यकाल थपिए कृषकहरुले कृषिमा अझ राहत पाउनेथियौ ।'

शिवसताक्षी नगरपालिका १० र कनकाई नगरपालिका ४ को बीचमा अवस्थित उक्त गाँउमा करीब २ सय घरधुरी रहेका छन् । शिवसताक्षी नगरपालिकाको टापुको रुपमा रहेको उक्त टेक्रा गाँऊ कनकाईले हेपेको र शिवसताक्षीले नदेखेको गाँऊ हो ।  उक्त गाँऊ शिवसताक्षी १० को कनकाई नदी पारिपट्टी अवस्थित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ