arrow

मुटु अस्पताल बुटवलका ९ जना चिकित्सकमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ भदौ १३ शनिबार
gautambuddha-hospital.JPG

बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा शनिवार (आज) थप ६ जना चिकित्सकहरुमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यसभन्दा अगाडि अस्पतालमा कार्यरत ३ जना चिकित्सकहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । कुल संक्रमित चिकित्सकको संख्या ९ पुगेको छ ।

स्वास्थ्यकर्मीहरुलाई नै कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अस्पतालको निर्मलीकरण र अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको कोरोना भाईरस (कोभिड–१९) परिक्षण गर्नुपर्ने भएको भन्दै अस्पताल बाट प्रदान हुँदै आएका डायलाइसिस, सि.टि.स्कान र फार्मेसी सेवा बाहेकका सबै सेवाहरु अर्को सुचना प्रकाशित नहुँदा सम्म बन्द गरिने अस्पतालका अध्यक्ष एजाज आलमले जनाएका छन् । 

यस्तै अस्पतालको ईमर्जेन्सी, ओ.पि.डी र भर्ना सेवा बन्द हँुदा बिरामीहरु प्रभावित हुने भएका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको अवस्था भने सामान्य रहेको अध्यक्ष आलमले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ