arrow

बुटवलको आइसोलेशनमा रहेका संक्रमित पुरुषको मृत्यु

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १४ आइतबार
butwal-death.JPG

रुपन्देही । बुटवल उप–महानगरपालिकामा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उप–महानगरपालिका वडा नं. ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको वताएको छ । 

अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा रहेका उक्त पुरुषको आइतबार (आज) बिहान उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ