arrow

कोरोना कहर : सोह्र देशमा एक सय पन्चाब्बे जना नेपालीको मृत्यु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
corona-virus-awareness.jpg

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विभिन्न १६ देशमा १ सय ९५ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार गत साता थप ३ जना नेपालीको निधन भएसँगै शनिवार साँझसम्म कुल १ सय ९५ जना नेपालीको कोरोनाका कारण विभिन्न देशहरुमा मृत्यु भएको हो ।

कोरोनाका कारण गत साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको समितिले जानकारी दिएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल,  स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमणमा केही वृद्धि देखिएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको सापकोटाको भनाई छ ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका समितिले जानकारी गराएको छ ।   

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा  नेपालीको मृत्यु भएको समितिका प्रेस संयोजक चिरन शर्माले हस्ताक्षर गरेको विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

शर्माका अनुसार हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार  ७ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

त्यस्तै शनिबार साँझसम्म नेपालमा ३७ हजार ३ सय ४० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भइसकेका छन् । शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको सँख्या ४ सय १० जना पुगिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ