arrow

प्रचण्डको घरबेटीले धोका दिएपछि ओली आफै अघी सरे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १६ मंगलबार
fertilizer-urea.jpg

काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले समयमा रासायनीक मल नल्याएर ओली सरकार थप बदनाम भएपछि अनन्तः मलको आपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली नै अग्रसर भएका छन् ।

मलको आपूर्ति गर्ने ठेक्का पाएका ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज लिमिटेड र होनिको मल्टिपल प्राइभेट लिमिटेडले समयमै मल नल्याएपछि मल आपूर्तिका लागि प्रधानमन्त्री ओलीले नै अग्रसर भएका हुन् । 

शैलुङ इन्टरप्राइजेज लिमिटेड प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । उक्त कम्पनी सडकका ठेक्का अलपत्र पारेर यसअघि देखि नै बदनाम कम्पनी हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले भदौ दोस्रो हप्ताभित्र मल ल्याउनेगरी शैलुङ र होनिको मल्टिपल प्राइभेट लिमिटेडलाई ठेक्का दिएको थियो ।

तर, हालसम्म मल खरिद समेत नगर्दा नेपाली किसानले मल नपाएर चरम समस्यामा परेका छन् ।

सिजनमै मल नपाइएको भन्दै ओली सरकारको कडा आलोचना समेत भइरहेको छ ।

यसैबेला ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई फोन गर्दै नेपालमा युरिया मल पठाइदिन आग्रह गरेका छन् ।

उनले मंगलबार एक ट्वीट गर्दै हसिनासँग सकारात्मक वार्ता भएको र मल उपलब्ध गराउन बंगलादेश सकारात्मक रहेको जानकारी गराएका छन् ।

कृषि सामाग्री कम्पनी लिमिटेडले मल समयमै आपूर्ति नगर्ने ठेकेदारलाई कारवाही गरिने आश्वासन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ