arrow

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
rupandehi-deads.JPG

रुपन्देही । रुपन्देहीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एकजना महिला छन् । लुम्विनी प्रादेशिक अस्पताल बुटवलका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.११ सालझण्डी निवासी ७७ बर्षिय महिलाको विहिवार (आज) बिहान साढे ४ वजे मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । 

उक्त महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि भदौ १७ गते उपचारका लागि अस्पताल आएकी महिलाको जिन एक्सपर्ट मेसिनबाट कोरोना पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको वताईएको छ ।

कोरोना पुष्टि भएपछि अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार जारी राखेको वेला मृत्यु भएको अस्पताल द्धारा जारी सुचनामा उल्लेख गरिएको छ । 

यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.७ का ५८ बर्षिय पुरुषको बुधवार राती मृत्यु स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल प्रसाद श्रेष्ठले जनाएको छन् । 

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना गरिएका उक्त पुरुषको १६ गते कोरोना भाईरस जाँच गर्दा पिसिआर पोजेटिभ आएको जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ