arrow

बद्मानित एन्फाले राखेपलाई टेरेन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2086972625.jpeg
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फालाई नीतिगत निर्णय नगर्न भनेको छ । एन्फा अध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ फिफाले भ्रष्टाचार ठहर गर्दै खेल गतिविधिमा १० वर्षको प्रतिबन्ध लगाएपछि राखेपले अर्को निर्णय नभएसम्मका लागि कुनै पनि नीतिगत निर्णय नगर्न एन्फालाई भनेको हो । 
 
परिषद्ले एन्फासंग गणेश थापाको भ्रष्टाचार काण्डबारे लिखित स्पष्टीकरण समेत सोधेको छ । फिफाको कारबाहीपछि नेपाली खेल फुटबल अन्तर्राष्ट्रिय स्तरमै बदनाम भएको ठहर परिषद्को छ । त्यति मात्र नभई समग्र नेपाली खेल जगतमा कालो धब्बा लगाएको भन्दै राखेपले कारबाहीको विस्तृत विवरण र आरोपबारे एन्फासँग आधिकारीक लिखित जानकारी माग गरेको हो । 
 
यद्यपि, राष्ट्रिय खेलकुद परिषद्ले स्पष्टीकरण सोधेकै दिन एन्फाले मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको चर्चा चुलिएको छ । एन्फाको पछिल्लो साधारणसभाबाट चुनिएका उपाध्यक्षहरु एन्फाकै कारबाहीमा परेको अस्थामा मनोनित उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिएको हो ।  
 
एन्फाका असन्तुष्ट उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, पंकज नेम्वाङ लगायतका पदाधिकारीहरु तत्कालिन निर्णय नमान्ने बताउँदै वैधानिक कार्यसमितिको बैठक बोलाएर कार्यबाहक अध्यक्ष चुन्नुपर्ने र नभए विशेष साधारणसभा बोलाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन् । उनीहरु यसअघि पनि पटक पटक नेतृत्वको कार्यशैलीको विरोध गर्दै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ