arrow

बाँकेमा नयाँ शैलीको निषेधाज्ञा, नेपालगञ्ज सुनसान 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
nisedhagya-nepaljung.jpg

नेपालगञ्ज । बाँकेमा नयाँ शैलीको निषेधाज्ञा सुरु भएको छ । उक्त शैलीअनुसार शुक्रबारदेखि दुई दिने निषेधाज्ञा सुरु भएको हो । 

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले अघिल्लो साता नै यस सातादेखि हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणदर निरन्तर उकालो लाग्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । 

उनले निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छन् । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने छ ।

निषेधाज्ञा जारी गरिएपछि नेपालगञ्ज बिहानैदेखि सुनसान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ