arrow

दार्चुलामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
doctor.jpeg

दार्चुला । दार्चुलामा पहिलो पटक स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाको मार्मा गाउँपालिकामा कार्यरत डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड —१९ सम्पर्क व्यक्ति विरेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

 उनी यहि भदौ ४ गते लटिनाथ स्वास्थ्य चौकीमा नियुक्त भएका हुन् । यसअघि उनी गोकुलेश्वर अस्पतालमा कार्यरत थिए । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । 

दार्चुलामा अहिले सम्म भारत तथा तेस्रो मुलूकबाट आउने नागरीक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । जिल्लामा कोरोना समुदाय स्तरमा फैलिएको छैन् ।जिल्लामा अहिले सम्म कोरोना समुदाय स्तरमा फैलिएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ