arrow

प्लाज्मा थेरापी गरिएकी संक्रमित महिलाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
plasma-therapy.jpg

भरतपुर । चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार अपराह्न १:४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा  लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । 

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ