arrow

सुस्ताका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
corona-test-kit.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाको जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो समय यता सुस्ता गाउँपालिकाले समुदाय स्तर गरिएको ८० जनालाई कोरोना परिक्षणमा ५८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने बाकी २२ जनाको रिपोर्ट आउन बाकी रहेको थियो । कोरोनाको रिपोर्ट आज शुक्रबार दिन आएको रिपोर्टमा १३ जनाको नेगेटिभ देखिएको र ६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३ जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य शाखा सुस्ता गाउँपालिकाले जनाएको छ ।

पोजेटिभ हुनेमा सुस्ता गाउँपालिका वार्ड नं २ का जनप्रतिनिधि र पक्लिहवा स्वास्थ्य चौकी सुस्ता ५ पक्लिहवामा कार्यरत अनमी लगाएत ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी  पश्चिमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ