arrow

कपिलवस्तुमा बस दुर्घटना, दुईको मृत्यु, १५ को अवस्था गम्भीर

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
899478498.jpeg
कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ४ ख १०९४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गस्थित खगेन्द्रपुर नजिक रोकिराखिको ना ४ ख ५३१९ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 
दुर्घटनामा परी मृत्यु हुने कोहलपुर नगरपालिका– २ बाँके घर भई हाल बागलुङमा कार्यरत २५ वर्षीय प्रहरी जवान शिव खत्री र कजेरी बर्दिया बस्ने ३२ वर्षीय चन्द्रबहादुर रोकाया हुन् । 
 
३५ घाइतेमध्ये झन्डै १५ जनाको अवस्था गम्भीर छ । घाइते १२ जनालाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । अन्यको चन्द्रौटामा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गेले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ