arrow

डिसेम्बरसम्म भारतमा कोरोनाको स्थिति के होला, यस्तो आयो अनुमान

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-india-test4.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण निकै नै डरलाग्दो अवस्थामा पुगेको छ । अहिलेसम्म एकै दिन विश्वकै सबै राष्ट्रहरुको भन्दा बढी संक्रमित शनिबार देखिएका छन् । 

शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका हुन् । गत डिसेम्बरको अन्तिमदेखि चीनको वुहानबाट देखिएको कोरोना एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी एकै देशमा देखिएको हो । 

यसअघि शुक्रबार सबैभन्दा बढी भारतमै ८७ हजार ११५ जना संक्रमित देखिएका थिए । त्यस्तै बिहीबार ८४ हजार भन्दा बढी संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेका छन् । 

हाल ८ लाख ६१ हजार ८६६ जना संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ३१ लाख ७७ हजार ६७१ जना कोरोनामुक्त भएका छन् । 

शनिबार १ हजार ४४ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७० हजार ६७९ पुगेको छ । 

यस्तो छ डिसेम्बरसम्मको अनुमान
अहिले भारतमा अमेरिका र ब्रजिलमा भन्दा दुई गुना भन्दा बढी संक्रमित देखिँदै गएका छन् । 

भारतमा संक्रमितहरु बढ्ने रफ्तार तीव्र भएकाले नोभेम्बरमा १ करोड १३ लाख भन्दा बढी संक्रमित भारतमै हुनेछन् । हाल हर दिन ८५ हजारको दरले संक्रमित बढिरहेका छन् । 

३० सेप्टेम्बरसम्म नै ६० लाख तथा ३१ अक्टोबरसम्म ८० लाख भन्दा बढी नयाँ संक्रमित थपिने छन् । 

दिइएको तथ्यांक अनुसार ३१ डिसेम्बरसम्म भारतमा १ करोड ४० लाख कोरोना संक्रमित पुग्नेछन् । त्यस्तै मृतकको संख्या १ लाख ७६ हजार पुग्नेछ । 

एक्टिव (सक्रिय) संक्रमितको मामलामा भारत पहिलेदेखि नै दोस्रो नम्बरमा रहेको छ । भारतमा यस्ता बिरामीको संख्या ८ लाख ५९ हजार भन्दा बढी छ । 

विश्वमा कुल संक्रमित मध्ये ३७.४ प्रतिशत सक्रिय संक्रमित अमेरिकामा र १२.८ प्रतिशत संक्रमित भारतमा छन् । ब्राजिलमा सक्रिय संक्रमित ११.९ प्रतिशत छन् । 

जुलाइको तुलनामा अगष्टमा पोजिटिभिटी दरमा २ प्रतिशतले कमी आएको छ । यो सकारात्मक भए पनि यसले राहत भने दिलाएको छैन । 

भारतमा हरेक १०० बिरामीमध्ये ७७ जनालाई निको भएको छ । त्यो रिकोभरी रेट निकै राम्रो हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ