arrow

जन्मोत्सवका अवसरमा दुई पत्रकारद्धारा अयक्षकोषलाई सहयोग

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

डोटी । जन्म दिनको अवसरमा दुई जना पत्रकारले अक्षय कोषमा सहयोग गरेका छन् । सुदूरपश्चिम प्रदेशका संयोजक लालबहादुर ऐरी र प्रेस युनियनका केन्द्रिय पार्षद गणेश प्रसाद जोशीले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियन डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष तेजबहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गरेको अक्षयकोषमा रकम जम्मा गर्ने घोषणा गरेका हुन् । 

पत्रकार जोशीले अक्षयकोषमा १३ हजार तीन सय ३३ र ऐरीले १२ हजार दुई सय २२ रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्  ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्षपछि मात्रै कंकाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो । 

डोटी शाखाले स्व संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरुसंग सहयोग आह्वान गरेको थियो ।          

अक्षकोष स्थापनाका लागि पछिल्लो समय विभिन्न व्यक्तिहले विभिन्न अवसर पारेर सहयोग गरिरहेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

डोटी शाखाले लोकप्रिय सञ्चारकर्मी तथा डोटी युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतिमा अक्षयकोषको स्थापना गरी उनलाई सधै अमर राख्ने अभियान थालेकाले आफुले सक्दो सहयोग गरेको संयोजक ऐरीले बताए । 

उनले भने, ‘स्वर्गीय पत्रकार खड्का प्रेस युनियन डोटी शाखाका अध्यक्ष हुँदा म डडेल्धुरा शाखाको अध्यक्ष थिएँ । उनले सञ्चार क्षेत्रमा गरेको योगदान हामी कहिल्यै भुल्ने छैनौं । घटना शंकास्पद भएकाले सरकारसंग गहिरो छानबिनको माग गर्दछु।’

 जोशीले स्व पत्रकार खड्काले डोटी जिल्लाको पत्रकारितामा पुर्याएको योगदानको स्मरण गदै अक्षय कोषमा केही सहयोग गरेको बताए । 

लामो समय स्व पत्रकार खड्का संगसंगै पत्रकारिता गरेको बताउँदै उनी अत्यन्तै मिलनसार र लगनशिल भएको हुँदा खड्काको घटना शंकास्पद रहेको जोशीले बताए । 

अक्षय कोषमा रकम जम्मा भएपछि स्व खड्काको नामबाट पत्रकारिता पुरस्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन अध्यक्ष बमले जानकारी दिए ।

अक्षयकोषमा रकम जम्मा गरेर स्व पत्रकार खड्कालाई अमर राख्ने अभियानलाई सहयोग गरेकोमा संयोजक ऐरी र जोशीलाई प्रेस युनियन डोटीका अध्यक्ष बमले धन्यबाद सहित जन्मदिनको शुभकामना ब्यक्त गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ