arrow

कोरोनाले प्रभावित शीर्ष पाँच देशमा कहाँ छ राम्रो रिकोभरी दर

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-mask-jail-elsalvador.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणमा शीर्ष पाँचमा अमेरिका, ब्रजिल, भारत, रुस र पेरु रहेका छन् । 

अमेरिकामा ६४ लाख ३१ हजार, ब्रजिलमा ४१ लाख २३ हजार, भारतमा ४१ लाख ११ हजार, रुसमा १० लाख २० हजार र पेरुमा ६ लाख ८४ हजार संक्रमित भएका छन् । 

अहिले भारतमा अमेरिका र ब्रजिलमा भन्दा दुई गुना भन्दा बढी संक्रमित देखिँदै गएका छन् । भारतमा संक्रमितहरु बढ्ने रफ्तार तीव्र भएकाले नोभेम्बरमा १ करोड १३ लाख भन्दा बढी संक्रमित भारतमै हुनेछन् । हाल हर दिन ८५ हजारको दरले संक्रमित बढिरहेका छन् । 

सक्रिय संक्रमितको मामलामा भारत पहिलेदेखि नै दोस्रो नम्बरमा रहेको छ । भारतमा यस्ता बिरामीको संख्या ८ लाख ५९ हजार भन्दा बढी छ । 

विश्वमा कुल संक्रमित मध्ये ३७.४ प्रतिशत सक्रिय संक्रमित अमेरिकामा र १२.८ प्रतिशत संक्रमित भारतमा छन् । ब्राजिलमा सक्रिय संक्रमित ११.९ प्रतिशत छन् । 

जुलाइको तुलनामा अगष्टमा पोजिटिभिटी दरमा २ प्रतिशतले कमी आएको छ । यो सकारात्मक भए पनि यसले राहत भने दिलाएको छैन । 

भारतमा हरेक १०० बिरामीमध्ये ७७ जनालाई निको भएको छ । त्यो रिकोभरी रेट निकै राम्रो हो । सबैभन्दा राम्रो रेट पछिल्लो समय रुसको रहेको छ । रुसमा ८२.०३ प्रतिशत बिरामीलाई निको भएको छ । 

अमेरिकामा रिकोभरी दर ५६.९ प्रतिशत रहेको छ । पेरुमा ७३.६५ प्रतिशत रहेको छ । ब्रजिलमा ८०.११ प्रतिशत रहेको छ । 

रुसमा मृत्यु दर १.७३ प्रतिशत रहेको छ । भारतमा भने अझै राम्रो छ । त्यहाँ १.७ प्रतिशतको मृत्यु भएको छ । पेरुमा सबैभन्दा बढी ४.३६ प्रतिशतको मृत्यु भएको छ । 

अमेरिकामा ३ प्रतिशत र ब्रजिलमा ३.०६ प्रतिशत रहेको छ ।

अमेरिकामा १ लाख ९२ हजार ८१८, ब्रजिलमा १ लाख २६ हजार २३०, भारतमा ७० हजार ६७९, रुसमा १७ हजार ७५९ तथा पेरुमा २९ हजार ६८७ जनाको ज्यान गइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ