arrow

कोरोनाका गम्भीर बिरामीलाई सस्तो स्टेरोइड्स रामवाण

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
dexamethasone.jpg

काठमाडौं । सस्तो स्टेरोइड्सले  पनि कोरोना भाइरसका गम्भीर प्रकृतिका बिरामीलाई बचाउन सकिएको पाइएको छ । विभिन्न अध्ययनहरुले सस्तो स्टेरोइड्सको प्रयोगबाट धेरै गम्भीर बिरामीहरुको उपचार भएको पाइएको हो । 

बेलायतमा यसको ब्यापक प्रयोग भएको र त्यसले धेरै हदसम्म सफलता हासिल भएको बीबीसीले लेखेको छ । 

सस्तो स्टेरोइडबाट हरेक १०० बिरामीमध्ये आठ जनाको ज्यान बचाउन सकिएको जामा‘मा प्रकाशित नतिजाले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले यी परिणामहरु प्रभावशाली भए पनि कोरोना भाइरस उपचारका लागि भने नभएकोसमेत बताएका छन् ।

गत जुन महिनामा डेक्सामेथासोन नामक स्टेरोइडले कोरोनाका गम्भीर बिरामीहरुको उपचार गरिएको थियो । निको हुने आशा गरेर परीक्षणमा ल्याइएको त्यो पहिलो औषधि थियो ।

हालैको अध्ययनले विश्वभरिका कोरोनाभाइरस बिरामीहरुमा स्टेरोइड्ससम्बन्धी सबै ‘क्लिनिकल’ परीक्षणहरु ल्याएको छ । यसले डेक्सामेथासोनले राम्रोसँग काम गरेको देखाएको छ ।

त्यस्तै, अर्को स्टेरोइड हाइड्रोकोर्टिसोन पनि डेक्सामेथासोन जत्तिकै प्रभावकारी रहेको सुनिश्चित गरिएको छ ।

इम्पीरियल कलेज लण्डनकी प्राध्यापक एन्थोनी गोर्डनले सस्तो स्टेरोइडले धेरै बेलायतीलाई बचाएको बताइन् ।  उनले छ महिनाभन्दा कम समयपछि विनाशकारी रोगको कसरी सामना गर्ने भन्नेबारेको उच्च गुणस्तरको क्लिनिकल परीक्षणहरुमा स्पष्ट र भरपर्दो प्रमाण पत्ता लगाएको बताइन् । 

बेलायतमा १ हजार ७०३ गम्भीर प्रकृतिका बिरामीको परिणामबाट ४० प्रतिशतको मृत्यु भएको तर स्टेरोइड्स दिएपछि ३२ प्रतिशतको मात्र मृत्यु भएको बीबीसीले लेखेको छ । 

यी अध्ययनहरु अस्पतालका सबैभन्दा गम्भीर बिरामीहरुमा गरिएको थियो । धेरै व्यक्तिहरुले केवल हल्का लक्षणहरुमात्र भएको अनुभव गरेकोसमेत बीबीसीले लेखेको छ । 

 अर्थराइटिस् र दमसहित गम्भीर प्रकृतिका संक्रमणमा प्रयोग भइसकेको सस्तो स्टेरोइड्स कोरोना बिरामीलाई पनि लाभदायी भएपछि बेलायतले यसलाई सफलताका रुपमा लिएको पनि उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ