arrow

अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, जसका अध्यक्ष नगरप्रमुख छन्

logo
प्रकाश बम,
प्रकाशित २०७७ भदौ २१ आइतबार
malakheti-hospital.jpg

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । 

आवश्यक जनशक्ति व्यवस्थापन, २४ ऐ घण्टा फार्मेसी संचालन, अतिरिक्त भत्ता लगायतका ५ बुँदे माग राख्दै अस्पतालमा कार्यरत चिकित्सक तथा पारामेडिक्सहरू आन्दोलनमा उत्रिएका हुन् । 

आफूहरुले पटक–पटक नगरपालिकामा लिखित तथा मौखिक रुपमा मागहरु राखेको भए तापनि कुनै सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिएको एक स्वास्थ्यकर्मीले बताए । 

उनीहरुले आफ्ना माग सम्बोधनका लागि विभिन्न दवावमुलक कार्यक्रम गरिसकेका छन् । जसअनुसार गत असार २४ गते नगरपालिका समक्ष उनीहरुले लिखित निवेदन दिएका थिए । 

यस्तै स्वास्थ्यकर्मीहरुले भदौ ८ गते ७ दिने अल्टिमेटम दिएका थिए, १५ गते आंशिक रुपमा अकस्मिक सेवा बन्द र १९ गते विरोधको स्वरुप परिवर्तन गरेर २४ ऐ घण्टा आकस्मिक सेवा सुचारु गरेको थिए । 

यति गर्दा पनि नगरपालिकाले वेवास्ता गरेको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् । जसअनुसार शुक्रबारबाट उनीहरुले माग पूरा नहुँदासम्म हातमा कालो पट्टी बाँधेर सेवा दिनेछन् र भदौ २३ गतेदेखि दैनिक एक घण्टा ओपिडी सेवा बन्द गर्नेछन् । 

सो अस्पताल अहिले गोदावरी नगरपालिकाको मातहतमा रहेको र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष स्वयम् नगरप्रमुख रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ