arrow

भाषा र संस्कृतीमा अतिक्रमण गरेको भन्दै मंगोलियामा चीन बिरोधी प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २१ आइतबार
china-flag.png

काठमाडौं । मंगोलियास्थित चिनियाँ दूतावासअघि व्यापक विरोध प्रदर्शन गरिएको छ । चीनले आफ्नो भाषा र संस्कृतिमा दमन गरेको भन्दै मंगोलियनहरुले चिनियाँ दूतावासअघि प्रदर्शन गरेका हुन् । 

प्रहरीले प्रदर्शनमा सहभागी ३० जनालाई पक्राउ गरेको छ । चीनले मंगोलियामाथि दमनको नीति लिएको र मंगोलियाको भाषा र संस्कृतिमाथि प्रहार गरिरहेको विरोधमा मंगोलियनहरु लामो समयदेखि चीनको आलोचना र बिरोध गरिरहेका छन् । 

पछिल्लो समय चीनले मंगोलियन भाषामा पठनपाठन गर्न नपाइने बताएपछि मंगोलियनहरु आक्रोशित बनेका हुन् । उत्तरी चीनमा मंगोलियाली भाषाको शिक्षामाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध मंगोलहरुले साताको सुरुवातदेखि नै विरोध गर्दै आएका थिए । 

मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि अभिभावकरुले उक्त नीतिको विरोधस्वरुप बच्चाहरुलाई विद्यालय भर्ना गरेका छैनन् । चीन सरकारले जारी गरेको नियम अन्तर्गत भित्री मंगोलियामा तीन विषयमा अनिवार्य चिनियाँ औपचारिक भाषा मेन्डारिनमा पढाउनु पर्ने बताइएको थियो । 

मंगोलियनहरूले यो कदमलाई उनीहरूको सांस्कृतिक पहिचानमाथिको अतिक्रमण बताएका छन् । चीन सरककारले परिवर्तन गरेको यस नियमको विरोधमा विद्यार्थी र अभिभावकको ठूलो संख्यामा उपस्थित भएका थिए । साताको सुरुवातबाट विभिन्‍न सहरहरुमा सरकारविरुद्धका प्रदर्शनहरु सुरु भएका छन् । 

"हाम्रो भाषा मंगोलियाई हो, र हाम्रो मातृभूमि सदाको लागि मंगोलिया हो ! हाम्रो मातृभाषा मंगोलियाई हो, र हामी आफ्नो मातृभाषाको लागि मर्नेछौं !" हालसालै भएको एउटा विरोध प्रदर्शनका क्रममा सहभागि विद्यार्थीहरूले रेडियो फ्री एशियासँग भनेका थिए । 

सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गरेको चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेर हङकङको स्वायत्ततामा प्रहार गरेको आरोप छ । अहिले पछिल्लो समय मंगोलियाको भाषा र संस्कृतिमा प्रहार गरिको आरोप खेपिरहेको चीनले भारतसँग पनि सीमा समस्या सिर्जना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ