arrow

पबजी एप हैन बिमारी, कसैले बाबुको टाउको काटे...

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
pubg.jpg

काठमाडौं । चीनले निर्माण गरेको पबजी एप नभई बिमारी भएको दावी गरिएको छ । पबजीमा रमाउनेहरुका कामका गतिविधि हेर्दा यो एक बिमारी नै भएको पुष्टि मानसिक रोग विशेषज्ञहरुले गरेका हुन्।

विश्वभर पबजी खेल्नेमध्ये सबैभन्दा बढी भारतीय हुन् । जहाँ २४ प्रतिशत भारतीय, १७ प्रतिशत चिनियाँ र ६ प्रतिशत अमेरिकी रहेका छन् । 

भारतले हालै पबजीमा प्रतिबन्ध लगाएको छ । पबजी खेल्नेहरुले निकै उट्पटयाङ्गसमेत गरेका छन् । 

जस्तो कि–
१, पबजी खेल्दाखेल्दै एक जनाले आफ्नै बाबुको टाउको काट्यो । सन् २०१९ मा एक युवकले बाबुको शिर काटेको हो । किनकि बाबुले पबजी खेल्न रोक लगाउँदै आएका थिए । कर्नाटकमा एक २१ वर्षको युवकले पबजी खेल्न रोक लगाउने बाबुका पहिले खुट्टा काटिदियो । पछि शरीरबाट टाउको अलग गर्यो । 

२, पबजी खेल्दा खेल्दै एक जनाले आफ्नो परिवारलाई नै मार्यो । मनोविद्हरुका अनुसार पबजी त्यस्तो खेल हो जो आफूलाई अरुभन्दा उत्कृष्ट देखाउन चाहन्छन् । 

३, भारतको कर्नाटकका एक १० कक्षामा डिस्टिंशन ल्याएर पास भएको एक छात्रले १२ मा फेल भयो । उसले अर्थशास्त्रको परीक्षामा केबल पबजी कसरी खेलिन्छ र कसरी डाउनलोड गरिन्छ भनेर लेखेको थियो ।

४, भारतको पंजावका एक १७ सालको युवकले आफ्ना बाबु–आमाको बैंकको खाताबाट १६ लाख भारु पबजीका नाममा उडाएको थियो । उसले यो खेलभित्र पाइने एसेसोरिज र हतियार खरिदका लागि रकम खर्च गरेको थियो । 

५, भारतको महाराष्ट्रमा दाइले पबजी खेल्न रोकेपछि १५ वर्षको भाइले कैंचीले आक्रमण गरी दाइलाई मार्यो । 

६, मध्यप्रदेशमा सन् २०२५ मा एक २५ वर्षको युवकले पबजी खेल्ने क्रममा मस्त हुँदा पानी सम्झेर एसिड पिउँदा मृत्युको मुखबाट बँचेको थियो । 

७, उत्तर प्रदेशमा एक १७ वर्षको युवकले सन् २०२० मा आमाले पबजी खेल्न इन्टरनेट रिचार्ज नगरेको झोंकमा आत्महत्या गर्यो । 

८, दिल्लीमा सन् २०१८ मा १९ वर्षको युवकलाई पबजी खेल्न रोकेर पढ्न भनेपछि उसले आमा–बाबु र बहिनीको हत्या गर्यो । 

यी माथिका घटनाले पनि यो खेल एक गेमिङ डिस्अर्डर हो भनी मानसिक विज्ञहरुले पुष्टि गरेका छन् । गत वर्षको जनवरीमा जम्मु–कश्मीरमा एक फिटनेस ट्रेनर पबजीका कारण अस्पतालमा भर्ती नै भएको थियो । 

लगातार १० दिन पबजी खेल्दा उसको मानसिक सन्तुलन नै गुमेको थियो । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ