arrow

अमेरिकी निर्णयले चिनियाँ प्रविधि उद्योग गोधुलिको घाम जस्तै धमिलो बन्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २२ सोमबार
china-ICT.jpg

काठमाडौं। चिनियाँ प्रविधि उद्योगलाई पूर्ण रुपमा ध्वस्त पार्नका लागि ट्रम्प प्रसाशनले घरेलु उत्पादन क्षमतामा समेत अवरोधको तयारी गरेको छ। अमेरिकामा उत्पादित सेमिकन्डटरलाई चीनमा बेच्न प्रतिबन्ध लगाएसँगै अमेरिकाले चिनियाँ अन्तराष्ट्रिय सेमिकन्डक्टर उत्पादकलाई कालो सुचिमा राख्ने तयारी गरेको छ।
अमेरिकी वाणिज्य विभागद्धारा प्रबन्धित निकाय सुचि चिनियाँ टेक कम्पनीहरुलाई कालोसुचिमा राख्न एक बलियो अस्त्र बनेको छ।

अमेरिकाले सो सुचिमा ३ सयभन्दा बढी अमेरिकी कम्पनीहरुलाई राखिसकेको छ, उक्त सुचिमा झिन्जियांगमा मानवताविरोधी गतिविधिहरु सञ्चालन गर्ने र दक्षिण चीन सागरमा कृत्रिम टापुहरु बनाउने कम्पनीहरु समेत रहेका छन्।

चिनियाँ सेमिकन्डक्टर कम्पनीहरुको उत्पादक क्षमता निकै बढी भएपनि गम्भिर किसिमका सफ्टवेयर सपोर्टका लागि ती कम्पनीहरु अमेरिकामाथि निर्भर रहेका छन्। अमेरिकाले चिनियाँ कम्पनीहरु र निकायलाई सेमिकन्डक्टर बिक्रीमा प्रतिबन्ध लगाएसँगै चीनले आत्मनिर्भर हुनका लागि खर्बाैंको लगानी गरेको छ तरपनि, चीन यसमा सफल हुन सकेको छैन्।

सेमिकन्डक्टर म्यानुफेक्चरिंग इन्टरनेसनल कर्पाोरेसन(एसएमआईसी)चीनको एक ठूलो उत्पादक कम्पनी हो । सन् २००० मा स्थापित भएको यो कम्पनी सुरुमा प्राइभेट कम्पनीका रुपमा रहेपनि अहिले कम्पनीमा सरकारले शेयर बढाउँदै गएको छ। अहिले चीनको केन्द्रीय सरकारले कम्पनीको ४५ प्रतिशतभन्दा बढी सेयर किनिसकेको छ । चिनियाँ आर्मड फोर्सका प्रमुख सप्लार्यसका रुपमा स्थापित हुन थालेसँगै केन्द्रीय सरकारको सेयर बढेको हो।

अब, अमेरिकाले यो कम्पनीलाई कालोसुचिमा राखेपछि कम्पनीमा निर्यात गर्नका लागि निकै कठिन प्रकृया पुरा गर्नुपर्नेछ र सम्भवत अमेरिकाबाट एसएमआईसीमा कुनै पनि समान निर्यात नै गर्न नसक्ने स्थिती सिर्जना हुनेछ, जसले कम्पनीलाई नकै कठिन अवस्थामा पुर्‍याउने निश्चित छ।

यसअघि अमेरिकाले हुवावेमाथि पूर्ण प्रतिबन्ध लगाएसँगै कम्पनीले चीपको संकट परेको घोषणा गरेको थियो । अमेरिकी प्रतिबन्धले चिनियाँ स्मार्टफोन कम्पनी हुवावे विश्वबजारबाट बाहिरिन थालेको संकेत समेत गराएको छ।

अहिले, एसएमआईसीको हालत पनि उस्तै अवस्थामा पुगेको छ। अधिकांश चिनियाँ टेक्नोलोजि कम्पनीहरु तिनीहरुका अमेरिकी समकक्षी कम्पनी र अमेरिकी बौद्धिक सम्पतीको चोरीको नतिजा रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ।

गुगलको बदलामा चीनले बाइडु बनाएको थियो, अमेजोनको बदलामा अलिबाबा बनाएको थियो, फेसबुकको बदलामा टेन्सेन्ट बनाएको थियो र यस्तै थुप्रै कपिहरु चीनले गर्दै आएको छ।

यी कम्पनीहरु सफ्टवेयर र हार्डवेयरको सर्पाेटका लागि अमेरिकामाथि निर्भर छन् । त्यसकारण अमेरिकी प्रतिबन्धले यी कम्पनीहरुलाई बाँच्न नै संकट हुने भएको हो। त्यसकारण एकपटक अमेरिकाले पूर्णरुपमा चिनियाँ कम्पनीहरुसँग कारोबार गर्न प्रतिबन्ध लगाएमा चिनियाँ कम्पनीहरु एकैपटक बजारबाट बाहिरिने सम्भावना रहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले जनाए जस्तै अमेरिका र चीनबीच टेक्नोलोजि युद्ध सुरु भएको छ । यहिबीचमा जापान, कोरिया, ताइवान जस्ता प्रविधिमा विकास गरेका प्रभावशाली देशहरु अमेरिकाको पक्षमा रहेका छन् । त्यसकारण यो युद्धमा कस्ले जित हासिल गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ