arrow

भदौ ११ गते संक्रमण भएका बृद्धाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
dead-body.jpg

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा सोमबार थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । 

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पौडेल थरका पुरुषको सोमबार बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
    
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि यही शनिबार केन्द्रमा ल्याइएको थियो ।

 ती वृद्ध यही भदौ ११ गते संक्रमित भएका थिए भने  नौ दिनदेखि होम आइसोलेसनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए। वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ