arrow

सञ्चार क्लब गौरादहको अध्यक्षमा सुदिप 

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
sudip.jpg

झापा । झापाको गौरादह नगरपालिका भित्र रहेका बिभिन्न सन्चार संस्थामा आबद्व पत्रकारहरुहरुले सञ्चार क्लब गौरादह गठन गरेका छन ।  नगरपालिका भित्र रहेका पत्रकारहरुको भेलाले सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय सञ्चार क्लब गौरादह गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सन्तोष बिष्ट, सचिवमा सान नेपाल, सह सचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा शान्ति सुब्बा रहेका छन् ।उक्त भेलाले सदस्यहरुमा रुपा बुढाथोकी र सुमित भण्डारीलाई  चयन गरेको छ ।

त्यसैगरी सोहि भेलाले डण्डिराज घिमिरे, झगेन्द्र खड्का, केदार खड्का, दिनेश दंगाल, युवराज भट्टराईलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ । नवगठित समितिले नगरपालिका भित्र रहेका पत्रकारहरुका हक, हित र संरक्षणका बिषयमा काम गर्ने बताइएको छ ।

 भेला पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पत्रकार  डन्डिराज घिमिरेले कार्यक्रमको औचित्यमाथी पारे । ओमकार टाईम्सका प्रबन्ध निर्देशक केदार खड्काले नब गठित समितिका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै पत्रकार एक जुट हुनुको बिकल्प नरहेको उल्लेख गरे । उनले भने, पत्रकारहरुलाई समाचार लेखेकै भरमा धम्कि दिने रिसिइबि साध्ने आक्रमण गर्ने घटना बढेको  छ । यसमा पत्रकारहरु एकजुट नहुनु पनि एक समस्या हो , यो सस्थाले यहाँको पत्रकारको हक हितमा काम गर्न सकोस शुभकामना दिन चाहान्छु ।

 पत्रकार दिनेश दंगाल लगायतले पत्रकार एक भएमा मात्र पेसामा सहजता र सुरक्षा हुने बताए । क्लबका उपाध्यक्ष सन्तोस बिष्टले सन्चार क्लव गौरादह कुनै दल निकटको नभएर ग्रामिण पत्रकारितामा रमाउने पत्रकारहरुको संगठित प्रयास रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ