arrow

उपत्यकामा बिहीबारबाट निजी सवारी साधनमा जोर बिजोर लागू, पसल खोल्न समय तोकियो

निषेधाज्ञा केहि खुकुलो पारिदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २४ बुधबार
ktm-valley-nepal.jpg

काठमाडौं। काठमाडौं उपत्यकामा विहिबारबाट जोर विजोर प्रणाली अन्तर्गत नीजि सवारी साधन सञ्चाजन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो पारिएको छ ।

बुधबार दिउसो उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै विहिबारबाट नीजि सवारी साधन सचालन गर्न पाउने गरी निषेधाज्ञालाई खुकुलो पारेको हो । 

त्यसैगरी विहान बेलुका पसलहरु खोल्न पाउने निर्णय समेत भएको छ । बैठकले सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय गरेको छैन । 

त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए । 

स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ । उनका अनुसार सावधानी अपनाएर पसलहरु खोल्नु पर्ने लापारवाही गरे कारवाही गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ