arrow

मोरङका दुई बालिकामाथि जवर्जस्ती करणी, नेपाल र नेम्वाङ पक्राउ

logo
विवेक मिश्र,
प्रकाशित २०७७ भदौ २४ बुधबार
Rape.jpg.jpeg

बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका र केराबारी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार एकैदिन १५ वर्षीया दुई बालिकामाथि जवर्जस्ती करणी भएको घटना बाहिरीएको छ ।   

सुन्दरहरैचा नगरपालिका वडा नं ४ गैरीटोलस्थित एक १५ वर्षीया बालिकामाथी जवर्जस्ती करणी भएको खुलेको हो । जवर्जस्ती करणी गरेको आरोपमा सोहि ठाउँका ५३ वर्षका उमेश नेपाललाई इलाका प्रहरी कार्यालय बेलबारीले मंगलबार साँझ नै पक्राउ गरिसकेको छ । 

उमेश नेपालले आफ्नै घरमा भाडामा बस्ने एक बालिकालाई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए । पिडित पक्षको किटानी जाहेरीका आधारमा नेपाललाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक ढकालले बताए ।

त्यसैगरी केराबारी गाँउपालीका ७ स्थित पनि मंलवार जबरजस्ती करणी उद्योगमा ४२ वर्षका शुक्र बहादुर नेम्वाङलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । स्थानीय १५ वर्षीया बालिकालाई घरमा कोहि नभएको मौका छोपेर जवर्जस्ती करणीको प्रयास भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजे ति बालिकामाथी जवर्जस्ती करणीको प्रयास भएको हो । शुक्र बहादुर नेम्वाङलाई मगंलवार राती प्रहरीले पक्राउ गरिसकेको छ ।    

सुन्दरहरैचाका नेपाल र केराबारीका नेम्वाङ दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धानको लागी राखीएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ