arrow

ट्युसन पढ्न आएकी छात्रालाई करणी गरेको आरोपमा प्रिन्सिपल सुब्बा पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
arrest-final.jpeg

पाँचथर । आफैले पढाउने विद्यार्थीलाई जवरजस्ती करणी गरेको आरोपमा पाँचथरको सदरमुकाम फिदिमबाट एक ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फिदिममा अवस्थित निलकण्ड बोडिङ स्कूलका प्रिन्सिपल कुलराज सुब्बा रहेका छन् । सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत १४ वर्षिया छात्रालाई सुब्बाले पटक पटक जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

करणी गरेको जाहेरी परेपछि सुब्बालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले बताए ।

बुवाले बुधबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा जोहरी दिएपछि प्रहरीले सुब्बालाई लगत्तै पक्राउ गरेको हो । विद्यालय वन्द भएपनि ट्यूसन पढ्न भनेर ती छात्रा विद्यालयकै होस्टलमा वस्दै आएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ