arrow

नेबिसंघ त्रिवि कीर्तिपुरले मनायो बीपी जन्मजयन्ती

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
nsu-bp-tu.jpg

काठमाडौं। नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति, कीर्तिपुरले जननायक बीपी कोईरालाको १०७ औं जन्मजयन्ती अग्रमोर्चामा खटिएर सेवा गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री दिएर मनाएको छ।  

नेबिसंघ त्रिभुवन बिश्वविद्यालय समिति अध्यक्ष हरि आचार्यको नेतृत्वममा बिद्यार्थीहरुले किर्तिपुर प्रहरी बृतमा रहेका प्रहरीलाई मास्क,सेनिटाईजर,ग्लोब्स लगाएतका स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको हो । 

यसैगरि समितिले त्रिभुवन बिश्वविद्यालयका पुर्व स्वबियु सभापति भिम सिरिजको समेत उपस्थितिमा बिश्वविद्यालय परिसरमा बृक्षारोपण समेत गरेको छ ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता, पुर्व स्वबियु सभापति भिम सिरिजले नेपाल यहाँसम्म आईपुग्नमा बीपी कोईरालाको ठूलो देन रहेको भन्दै सबैले बीपी मार्गमा हिड्नुपर्ने बताए । 

समितिका अध्यक्ष हरि आचार्यले बीपीको बाटो भनेकै समाजसेवाको बाटो रहेको भन्दै निस्वार्थ रुपमा जनताको सेवामा खटिन अपिल गरे 

नेविसंघ बिश्वविधालय समिति सचिव योगेन्द्र रावलले कांग्रेस नेताहरूले बीपीको नेपाल रुपान्तरणको मार्ग छोडेकोले कांग्रेस कमजोर भएको भन्दै बताए । 

कार्यक्रममा नेविसंघका पुर्व कोषाध्यक्ष शिव रिमाल,नेता श्यामचन्द्र अधिकारी,रोशन राना,समीर थापा लगाएत रहेको नेविसंघ त्रिभुवन बिश्वविधालय समिति उपाध्यक्ष रोहन महत्तराले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ