arrow

प्रहरी उपरीक्षकसहित १७ प्रहरीमा संक्रमण

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
nepal-police.jpeg

सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख  ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहित १७  प्रहरीलाई कोरोना संक्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।  

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरुको पिसिआर परीक्षण गरिएको बताइएको छ ।  अहिले उनहरु होम आइसोलेशनमा बस्नुभएको जनाइएको छ ।  सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी साढे तीन सय कैदीबन्दी रहेको  जिल्ला कारागारमा  रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा बिहिबार कोरोना संक्रमण देखिएको छ । संक्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।
    
बिहिबार नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना संक्रमित भएका छन् । उनीहरु ३३ र ३८ वर्षीया महिला हुन् । यसैगरी राजविराज नगरपालिका–३ का ७१ वर्षीय र  ६ का २८ वर्षीय पुरुष समेत संक्रमित भएका छन् । जिल्लामा संक्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ । 

ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले जानकारी दिनुभयो  । उनका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ