arrow

शुक्रबारे र शनिबारे निषेधाज्ञा कायमै, हटाउन उद्योगीहरुको माग

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
nishedh.jpg

नेपालगन्ज । बाँकेमा शुक्रवार र शनिबारको निषेधाज्ञा कायमै छ । अघिल्लो सातादेखि हरेक शुक्रवार र शनिबार दुई दिन निषेधाज्ञा गर्ने गरिएको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले हरेक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । 

कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि सातामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने यसअघिको निर्णय यथावत् रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । 

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने कुरुम्बाङले जानकारी दिए । तर, नेपालगन्ज उद्योग बाणिज्य संघले असोज १ गतेदेखि निषेधाज्ञा हटाउन माग गरेको छ । 

जनस्तरबाट पनि निषेधाज्ञाको विरोध भइरहेको छ । बाँकेमा हालसम्म १३ सय ६४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९ सय ५१ जना निको भएका छन् । ८ जनाको भने मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ