arrow

अञ्जनाको मुटुमा प्वाल, सहयोगको याचना

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
anjana-mainali-gautam-heart.jpg

सर्लाही । हरिवन नगरपालिका २ अत्रौली निवासी अन्जना मैनाली (गौतम) को मुटुमा प्वाल परेको छ । उनको प्रसुती सम्बन्धि जटिल समस्या परेर काठमाडौ मेडिकल कलेज केएमसीमा भर्ना भएर उपचार गदै गर्दा थप उपचारको लागि शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र उपचार भइरहेको छ । 

तर आर्थिक स्थिति नाजुक भएकाले सहयोगको याचना गरेकी छिन् । १९ वर्षीया अन्जनाको एक महिनाभन्दा कम उमेरको बच्चा घरमै रहेको बताइएको छ । 

बच्चा घरमा छोडी प्रसुती अबस्थामा नै उपचार भइरहेका बेला थप उपचार गर्नुपरेको उनका श्रीमान् पुण्यप्रसाद गौतमले बताए । 

आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले पुण्यको मोवाइल नम्बर ९८२५८८०७९९ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । त्यस्तै सर्लाहीमा मैनाली समाजले समेत सहयोग जटाइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ