arrow

काकाकुल भएका उपभोक्ता जिस्काए मोर्चा कार्यकर्ताले, ५ सय लिटर पेट्रोलियम पदार्थ नष्ट

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1863199343.jpeg
महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीका दुई सीमा नाकामा विहिबार बिहान पाँच सय दश लिटर पेट्रोलियम पदार्थ नष्ट गरेका छन् ।  मोर्चाका कार्यकर्ताले महोत्तरीको मूख्य भन्सार नाका भिठ्ठामोड भारतबाट लुकिछिपी ल्याएको तीन सय १० लिटर पेट्रोल र मटिहानी सीमा नाकामा दुई सय लिटर पेट्रोल नष्ट गरिदिएका हुन् । 
 
सीमा नाकामा मोर्चाका कार्यकर्ताको धर्ना जारी रहेकै बेला जङ्गलको बाटो हुँदै महोत्तरीको सदरमुकाम जलेश्वर ल्याउन खोजिएको पेट्रोल कार्यकर्ताले भुइँमा पोखेर आगो लगाएका थिए । उनीहरुले पेट्रोल बोकी आएका व्यक्तिलाई गाली बेइज्जती समेत गरे । 
 
दुई दिन अघि समेत गौशाला नगरपालिकामा मोर्चाका कार्यकर्ताले एक हजार लिटर पेट्रोल नष्ट गरेका थिए । बजारमा पेट्रोलियम पदार्थ हाहाकार भएपछि काकाकुल बनेका उपभोक्ताले विभिन्न उपाय अपनाई तेलको जोह गरिरहेका छन् भने, कालोबजारी गर्ने केही व्यक्तिहरुले अवैध बाटो हुँदै तेल ल्याउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ