arrow

योगदान राष्ट्रको लागि अभियानले देशभर 'प्राथमिक उपचार दिवस' मनाउँदै

logo
सीता डोटेल,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
prathamik.PNG

काठमाडौ । प्राथमिक उपचारको महत्व झल्काउदै  ‘योगदान राष्ट्रका लागि’ अभियानले देशव्यापी रुपमा प्राथमिक उपचार दिवस मनाउने भएको छ । आगामी १२ सेप्टेम्बर अर्थात् भदौ २७ गते परेको अन्तरास्ट्रिय प्राथमिक उपचार दिवसको अबसरमा अभियानले देशव्यापी रुपमा साझ ७.३० बजे घरघर र चोकमा दिप प्रज्वलन गर्ने, दिउँसो ४ बजे राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको साथमा अनलाइन मार्फत ‘जुम बैठक’ मा कोरोनाको कहर र प्राथमिक उपचारको महत्वका बिषयमा छलफल गरी मनाउन लागेको योगदान राष्टको लागि अभियानका अध्यक्ष ओम उप्रेतीले जानकारी दिए। देशका ७७ वटै जिल्लामा गठित समितिले संभावना भएका दिप प्रज्वलन, रक्तदान, फलफुल बितरण, बृक्षारोपण, सरसफाई लगायतका कार्यक्रम गर्ने जिल्ला तथा प्रदेश समितिले जनाएको छ ।

 बर्षौ देखि प्राथमिक उपचारको विधि सम्बन्धी नेपालका झण्डै ५० जिल्लामा तालिम चलाइसकेका उप्रेतीले हुनसक्ने संभावित दुर्घटनाबाट कसरी जोगाउन सकिन्छ र यदी घटना घटेको अबस्थामा कसरी जिउज्यान जोगाउन सकिन्छ भन्ने बिषयमा तालिम दिदै आएका छन् । 
     
 पछिल्लो समय मोटिभेसनल युक्तिलाई जोड दिदै आएका नेपाली रंगमन्चका नायक निखिल उप्रेती, करिस्मा मानन्धर, हास्यकलाकार निर्मल शर्मा सहितको सहभागितामा प्राथमिक उपचारको महत्त्व झल्काउदै जुम बैठक बस्न लागेको हो । 

प्राथमिक उपचार तालिममा पहिलेदेखी नै अग्रसर नायक उप्रेतीसहितले प्राथमिक उपचार र यसको अबलम्बनका बिषयमा छलफल गर्नेछन् । अभिनेता निखिल उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, हाँस्य कलाकार निर्मल शर्मा सहित जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र समिर र सामाजिक अभियान्ता ओम उप्रेती रहनेछन्।  बैठकमा नेपालका ७७ वटै जिल्लाका र युएईमा प्राथमिक उपचार क्षेत्रमा नै सक्रिय व्यक्तिहरुको सहभागिता रहनेछ । 

कोरोनाको फैलदो संक्रमणका कारण सुरक्षित रहदै सुरक्षा अपनाउन सन्देश दिने उद्देश्यले जुम बैठक डाकिएको अभियानका प्रमुख सल्लाहकार श्याम कंडेलले बताए । सो दिन प्राथमिक उपचारको महत्व दर्शाउदै र कोरोनाको कहरका बेला विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणबाट ज्यान गुमाएका मृतकहरुको चिरशान्ती, संक्रमितहरूको स्वास्थ्य लाभ, फन्टलाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको योगदानको उच्च सम्मानमा साँझ ७ः३० बजे घर-घर र केही जिल्लामा संघ सस्थाको समन्वयमा बजार, चोकमा देशव्यापी रुपमा दिप प्रज्वलन गरिनेछ ।

उक्त कार्यक्रममा सहभागी हुन सबै जिल्ला अभियान, प्रदेश अभियान समितिलाई आग्रह गरिएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण ‘योगदान राष्ट्रका लागि’ को फेसबुक पेजबाट गरिनेछ-उपाध्यक्ष बालगोपाल चुकेले भने ।

‘योगदान राष्ट्रका लागि’ अभियान अन्तर्गत देशका हरेक तहमा प्राथमिक तालिम दिने,  दुरदराज जहाँ यातायात समस्या छन्, त्यहाँ पनि पुर्ण तालिम उपलब्ध गराई सामान्यतः बहोस हुने, सर्पले टोक्दा, पानीको डुवानमा कसरी बचाउने लगायतका प्राथमिक उपचारबारे तालिम दिइने गरिन्छ । 

यस्तै देशभर प्राथमिक उपचार पद्धतिको विकास गरि मृत्युुदर कम गर्ने, स्वास्थ जनचेतना फैलाउने, देशमा स्वास्थ्यमा परिवर्तनको संवाहक बन्दै देशका लागि केही योगदान दिने उक्त अभियानको मुख्य उद्देश्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ