arrow

'खलिफा' बन्ने मोहमा टर्कीलाई संकटको आगोमा धकेल्दै टर्कीका राष्ट्रपति एर्दोनगन

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
turkey1.jpeg

काठमाडौं। ब्रसेल्सका सांसदहरुले टर्कीमाथि प्रतिबन्धको सम्भावित सूची तयार पारिरहेका बेला त्यहाँका राष्ट्रपति रेसेप ताइप एर्दोनगनको घण्टी बजेको छ। टर्कीले पूर्वी भुमध्य सागरमा समुन्द्र मुनिको विवादित क्षेत्रबाट ग्यास अन्वेषणको काम अघि बढाएसँगै टर्कीमाथि दबाब सुरु भएको हो।

टर्कीको यो कदमले ग्रिस र साइप्रस दुई देशलाई तनाबमा पारिदिएको छ। यस अवस्थामा टर्कीमाथि पनि प्रतिबन्ध लगाएमा मात्रै बेलारुस माथिको प्रतिबन्ध स्विकार गर्ने ग्रिस र साइप्रसले युरोपेली आयोगलाई चेतावनी दिएका छन्।‘हामीबीच वार्ता हुनु जरुरी छ, तर अहिलेको अवस्थामा हैन्, जुन कुराले मेरो देशलाई समस्यामा पार्न सक्छ त्यो युरोपेली आयोगका लागि पनि खतरा हो।’ ग्रिकका प्रधानमन्त्री क्रियाकोस मिट्सोताकिसले लण्डन टाइम्सलाई बताएका छन्। ‘यदि साच्चै युरोपेली आयोगले वास्तविक भुराजनीतिक शक्ति देखाउँन चाहन्छ भने, यो टर्कीलाई सह्य हुने छैन्।’ त्यहाँका राष्ट्रपति रेसेप ताइप एर्दोनगनले भने।

मध्यपूर्वका इजरायल, इजिप्ट, ग्रिस, साइप्रस एवं मुख्य वैश्विक शक्तिहरु रसिया, भारत, युएई, अमेरिका र फ्रान्स लगायतले टर्कीलाई शान्त पार्न खोजिरहेका छन्।यसअघि, साइप्रस, इजिप्ट, फ्रान्स, ग्रिस, र युएईले टर्कीले अवैधरुपमा विवादास्पद भुमीका ग्यास र तेल अन्वेषण गर्नु र लिबियामा सैन्य हस्तक्षेप गर्नुले ईयुको प्रतिबन्ध स्वभाविक रहेको भन्दै एक सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। जसले टर्कीमाथि प्रतिबन्ध लगाउँन संकेत गराउँछ। फ्रान्सका प्रधानमन्त्री इम्यानुल मेक्रोनले बिहीबार होस्ट गरेको र सात युरोपेली आयोगका सदस्यहरुको सहभागिता रहेको भर्चुअल सम्मेलनले समेत टर्कीमाथि प्रतिबन्धका लागि प्रस्ताव गरेको छ।

मध्यपूर्वमा टर्कीको अवैधानिक गतीविधिहरुविरुद्ध साइप्रस र ग्रिसको बढ्दो तनाबलाई फ्रान्सले साथ दिँदै आएको छ। यसले समेत टर्की दबाबमा पर्दै गएको छ। हाल ईयुको मुख्य जिम्मेवारी पाएको बर्लिनले तीन देशबीच सहमतिको बल प्रयोग गर्न खाजेको छ। बढ्दो तनाबका बीच यदि ईयुले टर्कीमाथि प्रतिबन्ध लगायो भने यसले टर्कीसँग ईयुको सदस्यताका विषयमा हुँदै आएको लामो समयको वार्ता समेत समाप्त हुनेछ।

उता, अमेरिकाले पनि टर्कीको हर्कत बढी भइसकेको भन्दै साइप्रसमाथि लगाएको दशकौं लामो हतियार सम्बन्धी प्रतिबन्ध खुकुलो गर्ने भएको छ। यसको अर्थ हो टर्कीले आफ्नो अवैधानिक गतीविधी अघि बढाउन नछाडेमा टर्की चौतर्फी संकटको सामना गर्नुपर्ने अवस्थामा पुग्नेछ। टर्कीका राष्ट्रपति एर्दोगन जस्ले आफुलाई बनावटी खलिफा सम्झिन्छन् र विश्वलाई नयाँ युगमा पुर्याउन सक्ने क्षमताको रहेको ठानेकै कारण टर्कीले ठूलो संकटको सामना गर्नुपर्ने अवस्था आउने देखिएको छ।

अटोम्यान साम्राज्यको सम्झना दिलाउने सम्राज्य खडा गर्ने सोचले बिनाशको बाटोमा लागेको टर्की ईयुको प्रतिबन्धपछि समाप्त हुने निश्चित देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ